मोटरसाइकल दुर्घटनामा दाङमा एकको मृत्यु

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ ।

मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका वडा नं. ६ का अन्दाजी ३४ वर्षीय युवराज राना रहेको प्रहरीले जानकारी दिएको छ । रानाको आइतबार बिहान मोटरसाइल दुर्घटनामा मृत्यु भएपनि पहिचान खुल्न सकेको थिएन । दिउँसो मात्रै उनको पहिचान खुलेको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेका राना सवार लु १५ प ६३२१ नम्बरको मोटरसाइकल बिहान सात बजेतिर लमही नगरपालिका वडा नं ४ अर्नवा भन्ने ठाउँमा दुर्घटनामा परेका थिए । घाइते रानालाई लमही अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021