लालपुर्जा हातमा, जग्गा खोलामा

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ । यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार । तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो । उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ ।

सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन । उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ । लालपुर्जा छ । जग्गा छैन । फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ । बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन् । लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए ।

घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए । ‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021