फेरि निषेधाज्ञा होला त ?

काठमाडौँ, ९ साउन । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।

संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ ।

काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो । त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा निषेधाज्ञा खुकुलो गराउने निर्णय हुँदा सरोकारवाला निकायले असन्तुष्टि व्यक्त गरेका थिए ।

यता पछिल्लोपटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रूपमा उपत्यका भित्रन सक्ने हुँदा संक्रमण दर बढ्ने अनुमान गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौँ, ११ असोज । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस

काठमाडौँ, ११ असोज । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई

काठमाडौँ, ११ असोज । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021