अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

काठमाडौँ, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ ।

यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो ।

मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोभिड–१९ विरुद्ध लगाएको खोप प्रमाणीकरण पत्र लिएर मात्र जान सुझाएको छ। यस्तो पत्रको कुनै शुल्कसमेत नलाग्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

लगातार दुई दिन प्रमाणीकरण पत्र लिनेको भिड लागेपछि शुक्रराज सरुवा रोग अस्पतालले शुक्रवार थप काउन्टर नै बढाएर सेवा दिएको जनाएको छ। भिड बढेपछि ४८ घन्टाभित्र उडान निश्चित भएकाका लागि मात्र छिटो प्रमाणीकरण पत्र दिने व्यवस्थासमेत गरिसकेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021