बलिउड अभिनेत्री करिनाविरुद्ध उजुरी

मुम्बई, ३१ असार । बलिउड अभिनेत्री करिना कपुर खानमाथि उजुरी परेको छ । हालै सार्वजनिक पुस्तक ‘करिना कपुर खानस् प्रेगनेन्सी बाइबल’का कारण उनी कानुनी झमेलामा फसेकी हुन् ।

अल्फा ओमेगा क्रिस्चियन महासंघका अध्यक्ष आशीष शिन्देले बिडस्थित शिवाजी प्रहरीचौकीमा उजुरी दर्ता गराएका हुन् । करिनामाथि पवित्र शब्द बाइबललाई पुस्तकको शीर्षकमा राखेर इसाइहरुको भावनामाथि ठेस पुर्याशएको आरोप लगाएको हो ।

शिवाजीका एक प्रहरी अधिकारीले उजुरी आएको स्वीकार गरे पनि एफआईआर भने दर्ता नभएको पुष्टि गरेका छन् । घटना मुम्बईको भएकोले मुम्बई प्रहरीमा उजुरी दर्ता गराउन प्रहरी अधिकारीले उजुरीकर्तालाई भनेका छन् । यही जुलाई ९ मा पुस्तक सार्वजनिक गर्दै करिनाले यसलाई आफ्नो तेस्रो सन्तानको संज्ञा दिएकी थिइन् । उक्त पुस्तकमा करिनाले गर्भावस्थामा अनुभव गरेका शारीरिक र मानसिक उतार–चढावलाई उतारेकी छन् । नवभारत टाइम्स ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा