तीन दिनदेखि बेपत्ता बालकको शव फेला

कैलाली, २३ असार । कैलालीमा तीन दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्टको सोही नगरपालिका ४ बाघमारास्थित जमरा कुलोमा शव फेला परेको हो ।

विवेक सोमबार बिहान ११ बजे दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसंगै घरबाट जामुन खान निस्केका थिए । सोमबार बालक हराएपछि खोजीका लागि भन्दै प्रहरी टोली खटिएको थियो । मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर प्रहरीले  बालकको खोजी गरिएकोमा बुधबार शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी