ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

बैतडी, २३ असार । बैतडीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय राजबहादुर चन्द रहेका छन् । चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन् । ट्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका–५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै