पाकिस्तानमा प्रेमिकाको बुवाद्वारा प्रेमीको हत्या

इस्लामावाद, २३ असार । पाकिस्तानको गुज्रनवालामा एक व्याक्तिले आफ्नो छोरीको प्रेमीको क्रुर हत्या गरेका छन् ।

पाकिस्तानको गुज्रनवालामा आफ्नो छोरीसँग बिवाह गर्न खोज्ने व्याक्तिलाई तरिक याकुबले हत्या गरेको मृतकका दाईले दाबी गरेका छन् । ३० बर्षीय रिज्वनले आफ्नो छोरीसँग बिवाह गर्न खोजेको बिषयमा याकुबले उनको हत्या गरि गुज्रनवाला नजिकै नहरमा फालेको बताईएको छ । याकुबले रिज्वनको हत्यापछि शरिर टुक्रा टुक्रा पारी नहरमा फालेको बताईएको छ । रिज्वन उनको प्रेमिकाको घरमा गईरहने गरेको तर हत्यापछि केटीका बुवाले रिज्वन आफ्नो घरमा नआएको दाबी गरेका छन् ।

मृतकका दाईले हत्यामाथि निष्पक्ष छानबीनको माग गरेका छन् । पाकिस्तानमा यस्ता बिषयमा महिलामाथि मात्र नभई पुरुषहरुमाथि पनि हिंसा हुने गरेको छ । पाकिस्तानमा आफ्नो परिवार र कुलको सम्मान जोगाउन भन्दै यस्तो प्रकारको घटनालाई वैध रुपमा लिईने गरेको पाईन्छ । स्रोतस् पाकिस्तान डेली

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी