११ जना जुवाडे पक्राउ

दमक, २३ असार । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । 

प्रहरीले पक्राउ परेका साथबाट छ बुक ताससहित सात लाख ४५ हजार ५०० रुपैयाँ समेत बरामद गरेको उनले जानकारी दिए । 

पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021