पूर्वमन्त्री बस्नेतद्वारा १४५१ विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान

भक्तपुर, २३ असार । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एक हजार ४५१ जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।

राष्ट्रिय अपाङ्ता पुर्नस्थापना समाजले मंगलवार मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका एक हजार चार सय ५१ जना विद्यार्थीलाई छात्रछात्रालाई स्कुल ब्याग, स्टेशनरी सामान तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित बोडे माध्यामिक विद्यालय, नगदेशस्थित गणेश माध्यामिक विद्यालयमा पुगेर शैक्षिक सामाग्रीहरुसहितको झोला छात्रछात्रालाई हस्तान्तरण गर्नुभएको हो ।

निवर्तमान् सांसद बस्नेतले बोडे माविका २६४, निलबाराही प्राविका ९३, हिमालय प्राबिका ५४, गणेश माविका ६९५, आदर्श मावि सानोठिमीका ३२४ र श्री आधारभूत प्राविका २१ जना विद्यार्थीलाई रु. एक हजार ८३७ बराबरको झोलासहित शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । चाइना फाउण्डेन फर पोभिट्रि एलिभेसनको आर्थिक सहयोगमा समाजको संयोजनमा विद्यार्थीलाई शैक्षिक एवं स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरेको हो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले शहरी क्षेत्रका विद्यार्थीलाई केही चाहिँदैन भन्ने मानसिकता गलत भएको बताउनुभयो । पूर्वमन्त्री बस्नेतले सरकारी र सामुदायिक विद्यालयमा आधारभूत वर्ग र मजदुरका बालबच्चाहरु अध्ययन गर्ने भएकाले सहयोग आवश्यक रहने औल्याउनुभयो । कोभिडले विद्यालय बन्द हुँदा विद्यार्थीको हातमा मोवाइल र वाईफाइको पहुँच पुग्न नसक्नु र शिक्षकले ल्यापटप अभावमा कक्षा सञ्चालन गर्न नसकेको भन्दै यहाँले आफ्नो तर्फबाट सक्दो सहयोगको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेता बस्नेतले सुगमताभित्र पछाडि परेको मध्यपुरथिमिको बोडे र नगदेशलाई भक्तपुर क्षेत्र नं. २ भित्र पारेपछि अहिले विकासको मूल प्रवाह भएको बताउनुभयो । यहाँबाट मूलपानी जाने सडक, गाँकुहुदै सरस्वतीखेल जाने सडक कालोपत्र भएको भन्दै सानोठिमी धुन्चेपाखा सडकपनि स्तरोन्नतीकालागि बजेट आइसकेकोले छिटै काम अगाडि बढ्ने बताउनुभयो ।

भूकम्पले भत्किएका थिमिका मठमन्दिरलगायतका सम्पदाको पुर्ननिर्माण, संरक्षणमा नगरपालिकाको योगदान सहनिय छभन्दै उहाँले बोडेको प्रवेश गेट, पोखरी, पार्क जस्ता संरचना निर्माणमा तीनवटै सरकारको योगदान रहेको चर्चा गर्नुभयो । उहाँले निलबाराहीलाई सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्य भित्र पार्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा एमाले भक्तपुर अध्यक्ष बचन देउजा, समाजका कानूनी सल्लाहकार देवीराम उपाध्यायलगायतले कार्यक्रममा विद्यार्थीको शैक्षिक सुधारमा यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा बोडे माविका प्रधानाध्यापक जीवना शर्माले ल्यापटपको अभावले शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न नसकेको र कोभिडका कारण विद्यालयमा धरै समस्या र चुनौती थुप्रिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी