जसपा विवाद अब इजलासमा, छिनोफानो कानुनी प्रक्रियाबाटै

काठमाडौँ, २३ असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो ।

आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई कान्तिपथस्थित केन्द्रीय कार्यालयमा बोलाएर छलफल गरेको थियो । सो क्रममा आयोगले सहमति हुने सम्भावना भए प्रयास गर्न जसपाका नेताहरूलाई आग्रहसमेत गरेको थियो ।

तर, जसपाका दुवै समूहका नेताहरूले भने सहमतिको कुनै सम्भावना नरहेको भन्दै कानुनी प्रक्रियाबाट विवादको छिनोफानो गर्न आयोगलाई आग्रह गरेका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले जसपाका दुवै समूहलाई बोलाएर सहमतिका लागि प्रयास गरेको तर सहमति हुने सम्भावना नरहेको जवाफ आएकाले आयोग अब कानुनअनुसार निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी दिए । जसपाका दुवै समूहसँग विवादबारे आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (४) अनुसार सहमतिको प्रयास गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

कास्की, १२ असोज । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ, १२ असोज । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा बेपता भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021