बजेट कुम्ल्याउन एउटै सडकमा वर्षेपिच्छे कालोपत्रे

काठमाडौँ, २३ असार । कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको सडकको निर्माण कार्यलाई स्थानीय र राजनीतिक दलहरुले रोकेका छन् ।

वर्षैपिच्छे लाखौं रुपैयाँ खर्च गरे पनि सडक राम्रो नबनाइएको र अहिले पनि सडक निर्माणको नाममा खर्च गर्न लागिएको ९५ लाख रुपैयाँ कमिशनमै भाग बण्डा गर्न लागिएको आरोप लगाउँदै सडकको निर्माण कार्य सोमबार राती रोकिएको हो ।

कलैया उपमहानगरपालिकाले कलैयाको मुख्य बजार क्षेत्रमा रहेको भरतचौकदेखि राजदेबी मन्दिर जाने सडकको निर्माणको नाममा वर्षेपिछे सडक बोडको लाखौ बजेट रकम खर्च गर्दै आएको आरोप सविधान सभा सदस्य प्रमोद गुप्ताले लगाए । ३०० मिटर लामो सो सडक निर्माणको नाममा सडक बोर्डको वर्षेनि रकमलाई त्यसमा खर्च गरिँदै आए पनि सडक राम्रो बनाउनुको साटो बजेट रकमलाई कमिशनमै सिध्याउने गरेकोले राम्रो सडक बनाउनको लागि विरोध गरिएको गुप्ताले बताए ।

‘अहिले पनि त्यही सडकमा सडक बोर्डको ५० लाख र प्रदेश सरकारले दिएको ४५ लाख गरेर ९५ लाख खर्च गरिन लागिएको छ,’ गुप्ताले भने। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021