विदेशमा रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना अलमलमा

काठमाडौँ, २२ असार । कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ ।  

सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका लागि पहल थालेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरोना महामारीमा रोजगारी गुमाउनेप्रति संवेदनशील हुन नसक्दा पुनर्एकीकरण योजना अघि बढ्न नसकेको गुनासो गरिएको छ ।  

पहिलो लहरको कोरोना महामारीका कारण समस्यामा परेर वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्य गरी पुनर्एकीकरण योजना बनाउन पहल गरिएको थियो । दोस्रो लहरको महामारी नियन्त्रणउन्मुख हुँदा पुनर्एकीकरण योजना अघि बढ्न नसकेपछि अब बन्ने त्यस्ता योजनाको के अर्थ भन्ने प्रश्न गर्न थालिएको छ । बोर्डले पुनर्एकीकरण सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो । उक्त निर्देशिका तुरुन्तै कार्यान्वयनमा जाने अपेक्षा गरिएको बेला अनावश्यक अलमल गरेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् । सात महिनाअघि रोजगारी गुमेका कारण दुबईबाट फर्केका धादिङका राजन बुर्लाकोटीले पुनर्एकीकरण योजना पर्खंदा पर्खंदा हैरान भइसकेको बताए ।  

‘सरकारले महामारीका कारण समस्यामा परेका अधिकांश उद्योग, व्यवसायलाई सहयोग गरेको देखिन्छ,’ उनले भने, ‘तर वैदेशिक रोजगारीमा समस्यामा परेकालाई कुनै सहयोग नगर्दा दुःख लागेको छ ।’ रोजगारी गुमाएर फर्कंदा समेत सरकारले निकै महँगो हवाई भाडा तोकेको बताउने बुर्लाकोटीले श्रमिकका आफन्त पहुँचवाला निकायमा नहुँदा हेपाहा व्यवहार भइरहेको गुनासो गरे । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी