सस्तोमा बिजुली निर्यात गरेर उपभोक्तालाई महँगोमा बेच्नु हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत सस्तोमा निर्यात गरेर आफ्ना उपभोक्तालाई महँगोमा बेच्न नहुने बताउनुभएको छ ।

४५६ मेगावाटको बालुवाटारबाट माथिल्लो तामाकोशी आयोजनाको भर्चुअल उद्घाटन गर्दै उहाँले विद्युत आपूर्तिका कारणले यस्तो भइरहेको भन्दै यस पक्षमा के गर्न सकिन्छ भनेर सरकारले ब्रिफिङ लिइरहेको बताउनुभयो । उहाँले नेपालका उद्योगमा विद्युत उपभोगमा बढावा दिन पनि बिजुलीको मूल्य घटाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशभित्रै बिजुली बढी खपत हुँदा बहुआयामिक लाभ प्राप्त हुन्छ । तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएपछि खाना पकाउन विद्युतको प्रयोग बढाउने वातावरण पनि तयार हुन्छ ।’

निर्माण अवधिको ब्याजतर्फ १८ अर्ब र लागत मात्रै १७ अर्ब गरेर ३५ अर्ब बढेको भन्दै उहाँले तामाकोशी निर्माण गर्न लाग्ने लागत बराबरकै लागत बढ्नु दुःखको कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कर्णाली (सुर्खेत), ६ कार्तिक । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका

म्याग्दी, ६ कार्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

विराटनगर, ६ कार्तिक । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको

काठमाडौँ, ६ कार्तिक । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021