वर्षात र बाढीबाट क्षतिग्रस्त भएका पुलहरुको प्रतिवेदन तयार गर्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौँ, २१ असार । वर्षात र बाढीबाट क्षतिग्रस्त भएका प्रत्येक पुलहरुको विभागस्तरबाट एक महिनाभित्र प्रतिवेदन पेश गर्न सडक विभाग, पुल महाशाखाका उपमहानिर्देशक दिपक श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री वसन्तकुमार नेम्बाङ्गको उपस्थितिमा मन्त्रालयका सचिव, सहसचिवहरु लगायत सडक विभागका महानिर्देशक तथा अन्य पदाधिकारीहरु समेतको उपस्थितिमा मिति २०७८ असार २० गते बैठक बसी विगत केहि दिनदेखि परेको अविरल वर्षाको कारण देशभरी नै सडक(पुलहरुमा भएको क्षति, विशेष गरी निर्माण सम्पन्न भईसकेका र निर्माणाधीन पुलहरुमा भएको, सो क्षतिका कारणहरु बारे विश्लेषण गरी आगामी दिनहरुमा यस्ता क्षति न्यूनिकरण गर्न अपनाउनु पर्ने उपायहरु बारे अध्ययन तथा छानविन गरी देहायका विषयहरुमा २०७८ श्रावण ७ गते भित्र सिफारिस पेश गर्न साथै हालैको बर्षात र बाढीबाट क्षतिग्रस्त भएका प्रत्येक पुलहरुको विभागस्तरबाट एक महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको छ ।

तपशिल

– क्षतिग्रस्त पुलहरु पुनः निर्माण गर्न अपनाउनु पर्ने सावधानीको विषय,

-अब निर्माण गर्नु पर्ने पुलहरुमा अपनाउने जगको प्रकार, सुपरस्ट्रक्चरको प्रकार बारेको विषय,

-पुल निर्माणमा गत विगतमा राम्रो कार्य सम्पादन भएका निर्माण व्यवसायीहरुले मात्र टेण्डर प्रक्रियामा समावेश हुन पाउने सम्बन्धमा बोलपत्र-पुस्तिकामा राख्नु पर्ने प्रवाधानहरु बारेको विषय,

– पुल निर्माणको Manual तयार गरी लागु गर्ने विषय,

– पुल निर्माणको सुपरिवेक्षणका लागि विभागीय प्राविधिक जनशक्तिको पर्याप्तताको विषय,

– पुल डिजाइन तथा निर्माणमा सडक विभाग र नीजि क्षेत्र (निर्माण व्यवसायी/परामर्शदाता) का इन्जिनियरहरुलाई तालिमको आवश्यकताको विषय,

– कार्यदलले उचित ठानेका अन्य विषय ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने