निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकोप्रति काँग्रेसको विरोध

काठमाडौँ, २१ असार । नेपाली काँग्रेसले निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ ।

काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको आरोप लगाउनुभयो । काँग्रेसले निर्वाचन सम्बन्धी गतिविधि हेर्दै आएका उहाँले बताउनुभयो । यसअघिको संसद विघटनपछि पनि निर्वाचन आयोगले पाठ नसिकेको उनको भनाइ छ । पहिलेको संसद विघटन र अहिलेको संसद विघटनको प्रकृति एउटै भने नभएको ढुंगानाको भनाइ छ ।

उहाँले भन्नुयभो, ‘अहिले अदालतले केही निर्णय गरेको छैन । हामीले हिजो पनि अदालतले जे निर्णय गर्छ मान्छौँ भनेका थियौं । आज पनि हाम्रो त्यही भनाइ हो । हिजोको र अहिलेको संसद विघटन फरक छ । संविधानको धारा ७६ को पाँच अन्तरगत बहुमत सांसदले सर्वोच्चमा रिट दिएका छौं । त्यसलै अहिले नै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिहाल्नुपर्ने परिस्थिति थिएन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्