पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, २१ असार । बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेका अनुसार पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको हो ।

घरबाट दाउरा खोज्न गएपछि (हिजो) आइतवारदेखि हराइरहेका खत्रीको खोजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)