चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जना पक्राउ

कैलाली, २१ असार । धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी–१ एलएन चोकमा जाँच गर्ने क्रममा उनको साथबाट चिकित्सकको स्वीकृति बिना खरीद गरेको स्पास्मो लेखेको २० ट्याब्लेट, पर्लिन–७५ लेखेको दुई क्याप्सुल, र प्रेग्यास्टार– १५० लेखेको १२ क्याप्सुल बरामद भएको थियो । 

निजले उक्त औषधि सेवन गर्नको लागि धनगढी–१ स्थित सन्तोष मेडिको प्रालिबाट खरीद गरेको खुल्न आएको हो । त्यस्तै चिकित्सकको स्वीकृति बिना औषधि बिक्री वितरण गर्ने सो मेडिको प्रालिमा खानतलासी गर्दा ती औषधिसहित सोही प्रालिमा काम गर्ने चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताउनुभयो । 

बरामद औषधि तथा निज जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख