नेपाल टसमस नभएपछि ओली रुष्ट

काठमाडौँ, २१ असार । एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ । यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । नेपालले आइतबार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ निवर्तमान सांसदले गरेको हस्ताक्षरबाहेक अन्य विषयमा सहमति भइसकेको दुवै तर्फका मध्यमार्गी नेताले बताइरहेका छन् । हस्ताक्षर फिर्ता हुने वा नहुने भन्ने विषयमा बीच बाटो अख्तियार गर्ने विषयमा छलफल केन्द्रित भएको ती नेता बताउँछन् । तर, इगोका कारण अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद गराउन ठूलै कसरत गर्नुप¥यो । उनीहरू अध्यक्ष ओलीलाई २०७५ जेठ २ मा फर्काउन सफल भए । उनीहरूकै प्रयासमा दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भयो । वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भयो । 

अध्यक्ष ओली लचिलो बने । वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन् । नेपालले बिहीबार राति अध्यक्ष ओलीले गरेको फोन अरू नेताको मन राखिदिन उठाएको बताउँदै आएका छन् । फोन वार्ता सौहार्दपूर्ण नभएको ओलीले बताइसकेका छन् । यी दुई शीर्ष नेताबीच शनिबार उपमहासचिव घनश्याम भुसालको फोनमा कुराकानी भयो । आफू त्यति लचिलो हुँदा पनि हस्ताक्षर फिर्ताको विषयमा नेपाल टसमस नभएपछि ओली रुष्ट भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021