लायन्स क्लबहरुद्वारा राहत वितरण

चितवन, २० असार । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका छन् । रत्ननगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रुपमा खाना खुवाइएको छ । लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढीपीडित २० परिवारका १०० जना भन्दा बढीलाई बछौली स्थित ग्रीन सोसाइटी पब्लिक स्कुलमा राखेर नियमित खाना खुवाइएको हो ।

उनीहरूलाई आफ्नो घरमा सुरक्षित रुपमा फर्कन नसक्दासम्म यो सहयोग निरन्तर जारी राख्ने कार्यक्रम संयोजक लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का जोन चियरपर्सन शिरलाल परियारले बताए । नयाँ लायन्स वर्ष शुरुवातसँगै सोही क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न वितरण समेत गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको समन्वयमा ३३ परिवारलाई खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक परियारले बताए ।

दैवीक प्रकोपका कारण यस क्षेत्रका कसैलाई पनि गासबासको समस्या नहोस् भन्ने भावनाबाट प्रेरित भएर सौराहा क्षेत्रका लायन्स क्लब मिलेर राहत वितरण कार्यक्रम गरिएको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका अध्यक्ष दीपेन्द्र खरेलले बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का डिष्ट्रिक्ट को– एडभाईजरद्वय दीपेन्द्र खतिवडा र योगेन्द्रनाथ अधिकारी, रिजन चियरपर्सन ओमलाल सापकोटा लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।

गत विहीबारदेखि शुरू भएको विस्थापित परिवारलाई खाना खुवाउने कार्यक्रम निरन्तर जारी रहेको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका सचिव सुरज पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021