हस्ताक्षर फिर्ता नलिए एमालेबाट बाहिरिएसरह हुने निष्कर्ष

काठमाडौँ, २० असार । एमाले केन्द्रीय कमिटी बैठकले असन्तुष्ट माधवकुमार नेपाल समूहलाई विपक्षी गठबन्धन रोज्ने कि एमाले पार्टी रोज्ने भन्दै आइतबारसम्मका लागि अल्टिमेटम दिएको छ ।

दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले आफ्नै सरकारविरुद्ध विपक्षीसँग गठबन्धन गर्ने नेपाल समूहको कार्य अनैतिक भएको ठहर गर्दै आइतबार साँझसम्म उनीहरूले हस्ताक्षर फिर्ता नलिए उनीहरू स्वतहः एमालेबाट बाहिरिएको पुष्टि हुने निष्कर्ष निकालेको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको एमालेको केन्द्रीय कमिटी बैठक अब प्रतिनिधि सभा विघठन सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बस्नेगरी सकिएको छ ।

एमालेको शुक्रबारको बैठकले नेपाल समूहलाई दुई दिनसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो तर नेपाल समूह हस्ताक्षर फिर्ता नलिने अडानमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको बैठकमा नेपाल समूहले आइतबारसम्म हस्ताक्षर फिर्ता नलिए एमाले एकता उनीहरूकै कारण भाँडिने बताएका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफ्नै विपक्षी गठबन्धनसँग मिलेर आफ्नै सरकार ढलाउने खेलमा लाग्नेहरू एमालेको नेता तथा कार्यकर्ता हुनै नसक्ने ठोकुवा गरे । उनले नेपाल समूह पार्टी एकताका लागि गम्भीर र संवेदनशील नभएको स्पष्ट पारे । अब कसैलाई कुर्दैनौं, पार्टी आफ्नै गतिले अघि बढ्छ,’ अध्यक्ष ओलीले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न १३औं केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले महाधिवेशन केन्द्रीय कार्यक्रमको प्रस्ताव पेस गरेका छन् । एमाले नेता काशीनाथ अधिकारीका अनुसार प्रतिनिधिसभा पुनस्र्थापना नभए २०७९ साल वैशाखभित्रमा र यदि प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्थामा यसैको सेरोफोरोमा मिति तोकेर महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा गरिएको थियो ।

महासचिव पोखरेलले गरेको प्रस्तावअनुसार पार्टीको विधान महाधिवेशन २५ देखि २७ साउनमा काठमाडौंमा हुनेछ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक शनिबार यही निर्णय गर्दै सम्पन्न भएको अधिकारीले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021