चार छात्रालाई लगातार पाँच वर्ष यौन दुर्व्यवहार

काठमाडौँ, २० असार । ‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो । कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस टिचर हामीसँगै पौडिन आउनुहुन्थ्यो र हाम्रा संबेदनशील अंगसँग खेल्नुहुन्थ्यो’ घटनाको १४ वर्षपछि पीडित किशोरीले बताएकी छन् ।

एसओएस बालग्रामका छात्राहरुमाथि भएको सन् २००५ को एउटा प्रतिनिधि घटना हो यो । चारमध्ये दुई छात्रा त्यहींको एसओएस बालग्राम सुर्खेतमा बस्थे भने दुई छात्रा बाहिरबाट पढ्नका लागि मात्र बालग्रामद्वारा सञ्चालित विद्यालयमा आउँथे, उनीहरु बाहिर आफ्नै घरमा खाने–बस्नेगर्थे ।

यो र यस्तै प्रकारका यौन दुव्र्यबहार लगातार पाँच वर्षसम्म बालग्राममा बसेर र बाहिर निस्किसकेपछि पनि सहेको दुई छात्राको भनाइ छ । अहिले २५ वर्षभन्दा माथि उमेरका उनीहरु बालग्रामबाहिर स्वतन्त्र समाजमा आम नागरिक सदस्यका रुपमा छन् । दुवै विहेबारी गरेर घर बसाउने तयारीमा छन् । यो समाचार समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले