ओली र नेपालबीच वार्ता

काठमाडौँ, २० असार । नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।

एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।

ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।

दुई नेताबीच टेलिफोनमा वार्ता भएपछि ओली समूहबाट नेता विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल तथा नेपाल समूहबाट घनश्याम भुषाल, भीम आचार्य र सुरेन्द्र पाण्डे छलफलमा जुटेका छन् । ललितपुरको एक होटलमा भएको छलफलमा कुनै निकास निष्कन नसकेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021