नेपाल–भारत–चीन जोड्ने सुरूङ मार्गको निजी क्षेत्रबाट शिलान्यास

काठमाडौँ, २० असार । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा योजना  पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा  निजी क्षेत्रले शिलान्यास गरेको छ ।

भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा  छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ ।

लामाबगर फलाक नाका नेपाल–भारत र चीन जोड्ने सबैभन्दा  छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन् । 

त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को  बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय  ठेक्का आह्वान गर्न २५ करोड रुपियाँ विनियोजन गरेको छ । बजेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष  युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको  वडा  नं. १ लामाबगरमा  शिलान्यास गरेपछि सुरुङ मार्ग  निर्माण कार्य अन्योलमा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021