एक पुरुषको शव फेला

चितवन, १९ असार । पूर्वी चितवनमा आज बिहान एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरुष व्यक्तिको शव रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो । घोलमा शव भेटिएसँगै परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको उनले जानकारी दिए ।

मृतकको पहिचानका लागि बुढी राप्ती र कयर खोला आसपासका स्थानीयवासीलाई खबर गरिएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

कालीकोट, १३ मंसिर । कालीकोटको नरहरीनाथ गाउँपालिका-१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको

रौतहट, १३ मंसिर । रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका

काठमाडौँ, १३ मंसिर । देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021