नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो

काठमाडौँ, १९ असार । कोभिड–१९  सङ्क्रमणका  कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको  सङ्ख्या  एक  हजार  १४३  मात्र रहेको  छ ।

अघिल्लो मेमा  नेपाल  भित्रिने  सङ्ख्या  एक  हजार  ४६८  थियो ।  त्यसअघि प्रतिबन्धको  अवस्था नहुँदा मार्चमा  भने  करिब  १५  हजार  विदेशी नेपाल भित्रिएका थिए । अध्यागमनले सार्वजनिक  गरेको यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट मात्र नेपाल प्रवेश गर्ने विदेशीको सङ्ख्या हो । कोभिडको दोस्रो लहरपछि सरकारले स्थल मार्गबाट विदेशीलाई नेपाल प्रवेश निषेध गर्दै आएको छ । 

जुनमा नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय छन् । विभागका  अनुसार  उक्त महिना ३५९ जना भारतीय  नेपाल प्रवेश गरेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट २६६ जना प्रवेश गरेको  तथ्याङ्क  छ ।  

बेलायतबाट  ५७ जना, चीनबाट ३८ जना नेपाल आएको विभागले जनाएको छ  । त्यसपछि दक्षिण कोरियाबाट ३२ जना नेपाल आएका छन् । नेपाल भित्रिनेमा विशेष गरी विदेशी कूटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका कर्मचारी तथा प्रतिनिधि रहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021