‘मास बेस’ पार्टीको छविबाट विचलित कांग्रेस ‘क्याडर बेस’ पार्टीमा रूपान्तरण

काठमाडौँ, १९ असार । मुलुकमा प्रजातान्त्रिक समाजवाद स्थापनाको कार्यनीतिसहित ७५ वर्षअघि कांग्रेसको स्थापना भएको हो । यस अवधिमा मुलुकको राजनीतिमात्र होइन, नेपाली कांग्रेसकै यात्रामा पनि निकै आरोहअवरोह आएको छ । 

एमालेसहितका अन्य दललाई बहुदलीय प्रतिस्पर्धामा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्ने कांग्रेस सांगठनिक रूपमा भने उनीहरूको नक्कल गर्न पुगेको छ । आफूलाई ‘मास बेस’ पार्टी भन्ने कांग्रेस ०४६ पछि कम्युनिस्ट पार्टीले जस्तै सदस्यता भएकै आधारमा नेतृत्व चयन गर्ने प्रणाली विकास गरेको हो । ‘मास बेस’ पार्टीको छविबाट बिस्तारै विचलित कांग्रेस ‘क्याडर बेस’ पार्टीमा रूपान्तरण हुँदै गएको छ ।

१३औं महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्यको सतप्रतिशत नयाँ सदस्यता बाँडेर कांग्रेसले अहिले ८ लाख ३० हजार क्रियाशील सदस्य पु¥याएको छ । त्यसमै दंग कांग्रेसको संगठनात्मक स्वरूपमा निरन्तर बदलाव आएको छ । आफ्नो पार्टी संगठनलाई नेकपा एमालेसहित अन्य पार्टीले जस्तो क्याडर बेस बनाउन नसकेको कांग्रेसले मास बेस पार्टीको अवधारणालाई पनि आत्मसात् गर्न सकेको छैन । कांग्रेसको सांगठनिक संरचना र सदस्यतालाई लिएर धेरैले भन्न थालेका छन्, ‘यो (कांग्रेस) पार्टी हाँस न कौवाजस्तो भयो ।’ यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १३ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुको औपचारिक

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ ।

तुलसीपुर, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021