मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ, १८ असार । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो ।

गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् । मनसुनको समयमा पहाडका जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डुबान र कटानको समस्या देखिँदै आएको छ । सरकारले तराई र पहाडका जिल्लामा बाढीको पूर्वानुमान गर्न सकिने गरी क्षति घटाउन प्रयत्न गर्दै आए पनि कतिपय स्थानमा पूर्वानुमान नै गर्नै मुस्किल पर्दै आइरहेको छ । सरकारले यसैवर्षदेखि पहिरोको पूर्वानुमान गर्न सकिनेगरी पहाडका नौ जिल्लामा प्रविधि जडान गरेको छ ।

यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ । यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुई/दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक/एक जनाको ज्यान गएको छ । यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ । योद समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021