निषेधाज्ञा खुकुलो हुँदा बढ्यो कोरोना संक्रमण

काठमाडौँ, १७ असार । स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ ।

पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत पाइएको छ । बजारमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक दूरी कायम हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमण जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जनस्वास्थ्य मापदण्ड पालना र आत्मानुशासन हुनसके संक्रमण जोखिमबाट बच्न सकिने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

मन्त्रालयको तथ्यांकअनुसार गत आइतबार १ हजार ९ सय २० जनामा संक्रमण देखिएको थियो । सोमबार २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार २ हजार ६ सय ३६ जनामा संक्रमण देखियो । हिजो बुधबार देशभर थप २ हजार ८ सय ९२ जनामा पुष्टि भएको छ । क्रमिक रूपमा दैनिक संक्रमित संख्या बढ्दो देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरिएको छ । ७ हजार १ सय ८७ को पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021