घाइते मजदूरको उपचारको क्रममा मृत्यु

किमाथांका, १३ असार । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका–४ का ३८ वर्षीय वसन्त शाहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।

कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गएराति मृत्यु भएको उनले बताए । गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर लगिएको थियो ।

असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरिङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका–२ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्मरले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए । कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।   बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने

काठमाडौँ, २४ साउन । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ

काठमाडौँ, २४ साउन । स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकारका कार्यालय बिचौलियाले ढाकिन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको छ

ललितपुर, २४ साउन । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले आगामी चुनावबाट कम्युनिस्ट शक्ति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021