विराटनगर, १३ असार । मोरङमा आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले मदिराको नशामा ढुंगाले हानेर बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको हो ।
घटनामा गम्भीर घाइते भएका टिनताललाई उपचारार्थ कोसी अस्पताल विराटनगर ल्याइएको थियो । त्यहाँबाट सुविधासम्पन्न अस्पतालमा रेफर गरिए पनि कमजोर आर्थिक अवस्थाका कारण उनलाई घरमै लगेर राखिएकोमा आइतबार बिहान साढे ५ बजेतिर मृत्यु भएको बताइएको छ । पक्राउ परेका दयालुमाथि कर्तव्य ज्यान मुद्दा चलाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।