आइपुग्यो टरिगाउँ विमानस्थलमा तेल भण्डारण ट्याङ्की

दाङ, १३ असार । टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आइपुगेको छ । एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आइपुगेको जानकारी दिए । उनका अनुसार अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक छ ।

विमान स्थलमा इन्धन डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या रहेको छ । तुल्सिपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा लामोसमयदेखि अबरुद्ध भएको हवाई सेवा सञ्चालन आएको छ । साथै विमान स्थलमा यात्रुको सुविधाकालागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरु निर्माण सम्पन्न पनि भएका छन् ।

सो विमान स्थलबाट हाल नेपाल बायुसेवा निगमल दैनिक दुई उडान भर्दै आएको छ । हाल कोरोना भाइसर रोकथाम तथा नियन्त्रणकलागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ । सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021