कोरोना निको हुने दर ९२ प्रतिशत

काठमाडौँ, १३ असार । कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  गत  २४  घण्टामा  थप  चार  हजार  ९१४  जना  सङ्क्रमित  निको  भएका  छन्  भने  दुई  हजार  १६  जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा  हालसम्म  छ  लाख  ६३  हजार  ८५७  जनालाई  कोरोना  पुष्टि  भएको  छ  भने  पाँच  लाख  ८१  हजार  ३२७ जना सङ्क्रमित निको भएका छन् । 

हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार  ७०४  जनाको  पीसीआर  र  चार  हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । काठमाडौँमा  १८१,  भक्तपुरमा  २५  र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा  थप  २४९  जना  सङ्क्रमित  थपिएका  छन्  ।  यस्तै  देशभरका  कोरोना  अस्पतालका  आईसीयूमा  ७३४  र  भेन्टिलेटरमा  २२२  जना  सङ्क्रमित  उपचाररत  छन्  ।  

मन्त्रालयका  अनुसार  विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको  छ  ।  योसहित  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९७५ पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021