आजको मौसम पूर्वानुमान

काठमाडौँ, १३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार  देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती तथा प्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

आज रागि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन

काठमाडौँ, २४ साउन । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । आज नेप्से १७.६७ अंकले घटेर दुई

काठमाडौँ, २३ साउन । माछापुच्छ्रे बैंक लि.ले काठमाडौँको सुकेधारास्थित नवटोल सुधार समिति, नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021