आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या

काठमाडौँ, १० असार । पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । 

बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ । 

अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिएका छन् । सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिए। 

मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् छन् । आमाको हत्या र बाबु पक्राउ परेपछि साना बालबालिकाको बिचल्ली भएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेको छ । बैंक ब्याजदरमा राष्ट्र बैंकको

काठमाडौँ, ४ कार्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ

काठमाडौँ, ४ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर

काठमाडौँ, ४ कार्तिक । नेपाल राष्ट्र बैङ्कले आज रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021