चट्याङ लागेर एक जनाको मृत्यु, चार जना घाइते

माेरङ, ९ असार । मोरङको रङ्गेलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर रङ्गेली नगरपालिका ६ चोप्राहा नेवा टोलका २३ वर्षीय नितेश रायको मृत्यु भएकको प्रहरीले जनाएको छ ।

यस्तै घर नजिकै रहेको पिठारीको रुखमुनि बसिरहेको अवस्थामा दिउँसो चट्याङ लागेर अन्य चार जना घाइते भएका छन । घाइते हुनेहरूमा २६ वर्षीय रविन मण्डल, ५५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल र २५ वर्षीया सङ्गीता यादव रहेका छन् ।   

घाइतेहरूकाे रङ्गेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021