पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति रोल्पा नगरपालिका –९ होमा भन्ने  गाउँका टिका सिंह बुढा मगरको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो  । गएराति  १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर, १८ बर्षीया बुहारी  सुशीला बुढा मगर र  १५ बर्षीया  छोरी  श्यामकला बुढामगरको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने  बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई

काठमाडौँ, ६ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी

काठमाडौँ, ६ चैत । सत्ता गठबन्धनले मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछन् । नयाँ सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम