सहमति भएमा भ्याकेटको औचित्य रहँदैनः मुख्यमन्त्री पोखरेल

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान भएको त्यसको औचित्य नै समाप्त हुने बताउनुभएको छ ।

आज एमालेले सर्वोच्च अदालतले एमालेका पछिल्लो समयका निर्णयहरु मान्यता नहुने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा सञ्चालन गर्नुपर्ने भनि फैसलाको विरुद्धमा एमालेले पुनः भ्याकेट गरेको हो । केन्द्रीय कमिटीलाई १०औं महाधिवेश आयोजक कमिटी, केही नेताहरुले पार्टीको विधि विधान विपरित गतिविधिहरु गरेकाले कारवाही गरेकोलाई मान्यता दिएको थिएन । सोही कुरालाई आज पुनः एमालेले भ्याकेट गरेको थियो ।

एमालेका सत्तालाई पार्टीभत्रकै नेताहरुले कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुप्ने गतिविधि भएकाले भ्याकेटमा जानुपरेको उहाँले बताउनुभयो । एकताको विकल्प एकता नै रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले पुरानो बाटो बिर्सेर एकताको बाटोमा अगाडी बढ्न आग्रह समेत गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा आज भन्नुभएको छ, ‘सहमती भयमा भ्याकेटको औचित्य नै रहदैन । शेरबहादुरलाई शत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होईन । पुरानो कुरा बिर्सेर एकताको बाटोमा हिडौं ।’ भविष्य एकतामै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । यातायात व्यवसायीले आइतबार सरकालाई चाबी हस्तान्तरण गरेका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी

काठमाडौँ, १० साउन । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल समूहमा लागेर आफ्नो राजनीतिक भविष्य सखाप नपार्ने उक्त समूहका नेता

गुल्मी, १० साउन । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा

काठमाडौँ, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत  अनेकथरि