ठाकुरले पेश गरेको कागजात नक्कली भन्दै यादवले निर्वाचन आयोगमा बुझाए निर्णय

काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले पेश गरेको कागजात नक्कली भएको जानकारी गराएका छन् ।

गत ७ पुसमा बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई प्रथम अध्यक्ष बनाएको र त्यही अधिकार प्रयोग गरी कार्यकारिणी समिति हेरफेर गरेको पत्र ठाकुरले आयोगमा बुझाएका छन् । आयोगको कार्यालयमा पुगेर यादवले भने त्यस्तो कुनै निर्णय नभएको जानकारी आयोगलाई दिएका हुन् । ठाकुरले कीर्ते प्रमाण पेश गरेको प्रमाणसहित यादव पक्ष अदालतमा समेत जाने भएको छ ।

यादवले पार्टी बैठकले गरेको निर्णयसमेत बुझाएका छन् । यसअघि यादवले ठाकुरसहित नेताहरुलाई कारबाही गरिएको जानकारी आयोगमा बुझाएका थिए भने ठाकुरले पनि यादवलाई हटाइएको पत्र दिएका थिए । तर आयोगले दुवै पक्षको पत्र अस्वीकार गरेपछि अध्यक्ष यादवले फेरि वैधानिकता दाबी गर्दै निवेदन पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका

काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान