राष्ट्रिय युवा संघको ‘बाढी पहिरो पिडित सहयोग अभियान’: समाजसेवी भट्टराईद्वारा सहयोग

काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालीकाका पिडितलाई सहयोगार्थ राष्ट्रिय युवा संघ नेपालले बाढी पहिरो पिडित सहयोग अभियान सञ्चालन गरिरहेको छ ।

‘जहाँ समस्या, त्यहाँ युवा संघ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै संघले विगतदेखी नै जनताको समस्यामा अग्रभागमा रही आफ्नो तर्फबाट आर्थिक, सामाजिक, राहत, वसोवास, औषधी उपचार, चिकित्कस परामर्सलगायतका जनमूखी कमदहरु चाल्दै आएको छ । यसै क्रममा संघले ६ दिन अघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पहिरो पिडितलाई सहयोगार्थ अभियानमा जोडिन नेकपा एमाले तेह्रथुम जिल्ला कमिटीका सचिवलाय सदस्य, समाजसेवी तथा व्यवसायी जगदिश भट्टराईले संघको माध्यबाट पिडितको लागि रु ५० हजार सहयोग गर्नुभएको छ ।

संघका अध्यक्ष किरण पौडेललाई आज संघको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा समाजसेवी भट्टराईले उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो । मानविय सेवा नै धर्म भएकाले सेवाको भावनालाई बढाउँदै नेता भट्टराईले सहयोग गरेको बताउनुभयो । संघले चलाएको अभियान उदाहणीय भएको उल्लेख गर्दै आगामी दिनमा समेत निरन्तर सहकार्यको लागि प्रतिवद्धता समेत जनाउनुभयो । उक्त कार्यको लागि संघका उपाध्यक्ष तथा प्रदेश नं. १ को इन्चार्ज अञ्जना अधिकारीले समन्वय गर्नुभएको हो ।

चेक बुझ्दै संघका अध्यक्ष पौडेलले संघले बाढी पहिरो पिडित तथा मृतकका प्रत्येक परिवारलाई आर्थिक सहयोग गर्ने अभियान चलाएको उल्लेख गर्दै सहयोगी दाताहरुको माध्यमबाट संघले पिडितलाई केहीमात्रामा भएपनि राहत महशुस गराउने बताउनुभयो । उक्त रकम सहित अन्य रकमहरु समेत व्यवस्थापन भइरहेको जानकारी गराउँदै अध्यक्ष पौडेलले जतिसक्दो चाँडो संकलित रकम पिडितलाई हस्तान्तरण गरिने समेत जानकारी गराउनुभयो ।

यसअघि संघले करिव २० लाख बरावरको राहत सामाग्री, खाद्यान्न, टेण्ट, स्वास्थ्य समाग्रीलगायतका सामाग्रीहरु उक्त स्थापनमा सहयोग गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मस्को, ५ चैत । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले

मस्को, ५ चैत । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै

एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको

नयाँ दिल्ली, ४ चैत । भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।