मन्त्री तामाङको विशेष पहलमा ‘मेलम्ची–हेलम्बु’ मोटर बाटो खुल्यो

काठमाडौँ, ६ असार । बाढी पहिरोको कारण ६ दिन अघिदेखी बन्द रहेको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो खुलेको छ ।

बाढी पहिरोको कारण ठूलो मानविय तथा भौतिक भएको उक्त स्थानमा सवारी आवागमनमा समेत समस्या आएको थियो । जसको लागि जनताको प्रत्यक्ष समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको विशेष पहलमा उक्त सडक आजदेखी खुलेको हो । मन्त्री तामाङको साथमा स्थानीय जनप्रतिनिधि, प्रशासन तथा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष असोक चौलागाई तथा संघका नेता महेश चौलागाईले समेत सडक खुलाउन तथा व्यवस्थापनको लागि विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।

समस्या आउन साथ अहोरात्र जनताको पक्षमा एक पछि अर्को गर्दै अगाडी बढ्नुभएका मन्त्री तामाङले अन्य राहत, स्वास्थ्य सामाग्री तथा अस्थायी वसोवासको व्यवस्थापनसहित सडक आवागमनलाई एकै साथ अगाडी बढाउनुभएको थियो । सडक अवरुद्ध भएका कारण बाढी पहिरो पिडितलाई राहत तथा अन्य व्यवस्थापनलाई समेत कठनाई भएकोे थियो । जसले गर्दा पिडित जनताले अत्याधिक कठिनाईको जीवन विताउन बाध्य भएका थिए ।

पिडित जनताले पिडाको साथमा यातायात तथा सञ्चार क्षेत्रको समेत उपयोग गर्न नपाउँदा अस्थायी वसोवासको व्यवस्थापन गर्न समेत कठिन भएको थियो । उक्त स्थानमा अझै पनि बाढी पहिरोको समस्या रहेको छ । बाढी पहिरोका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने करिव दुई दर्जन बेपत्ता भएका छन् । उक्त स्थानका वस्तीहरु बाढीबाट डुवानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मस्को, ५ चैत । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले

मस्को, ५ चैत । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै

एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको

नयाँ दिल्ली, ४ चैत । भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।