सहायक वन अधिकृत घुससहित पक्राउ

धादिङ, ६ असार । धादिङकाे नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले सहायक अधिकृत कृष्णप्रसाद पौडेललाई घुसरकम ४० हजार रुपैयाँसहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

वन कार्यालयले समातेको काठका धनीलाई मुद्दा नचलाउने सर्तमा ४० हजार रुपैयाँ घुस लिएका पाैडेललाई आयोगको टोलीले पक्राउ गरेकाे हाे । वन कार्यालयले समातेकाे काठकाे कुनै पनि कागजपत्र तयार नगरि पाैडेलले घुस लिएकाे अख्तियारले जनाएकाे छ ।  

घटनाको बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।  मन्त्रालयका अनुसार संखुवासभाको

काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान

काठमाडौँ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद