महाकाली नदीमा पानीको बहाव वर्षकै उच्च

महेन्द्रनगर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतार–चढाव आइरहेको छ ।

“मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो,” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।”

महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२, ऐरीघाटमा स्थानीयवासी ६ सोनाह परिवार विस्थापित भएका छन् । “विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ,” प्रनानि गुरुङले भने, “स्थानीय खोला थुनिँदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी, महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । तीन अर्ब ६७ करोड रुपैयाँको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटो समेत अवरुद्ध गराएको छ ।

त्यसैगरी, पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्यान्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सीएसईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौँ रकम बराबरको नोक्सान भएको बताए । “गत जेठमा पनि बाढी आउँदा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो,” उनले भने, “त्यस बेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।”

उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । “अस्थायी रूपमा क्षति कम होस् भनेर तारजाली, ढुंगा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो,” उनले भने, “यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021