आजको मौसम पूर्वानुमान

काठमाडौँ, ६ असार । यही जेठ २८ गते नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेकाे छ । अहिले प्रदेश-१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको छ ।

दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने भएको छ । आज दिउँसो प्रदेश-१, प्रदेश-२ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राती प्रदेश-१, प्रदेश-२ तथा वाग्मती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021