कमजोर एकताले समस्यामा जसपा

काठमाडौँ, ६ असार । गत वैशाख १९ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश सभामा ६ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित भयो । चार सांसद सरकारमा सहभागी हुँदै मन्त्री बने, दुई सांसद मुख्यमन्त्रीको विपक्षमा उभिए । 

पार्टीले गरेको ह्वीप उल्लंघन गरेको भन्दै सरकारलाई समर्थन गरेका चार सांसदलाई पार्टी लुम्बिनी प्रदेश समितिले उनीहरुलाई कारबाही गर्यो । सर्वोच्चले उनीहरुलाई सांसद पदमै पुनर्बहाली गर्न अन्तरिम आदेश दियो । तर, अन्तिम फैसला हुन बाँकी छ । फलतः अहिले लुम्बिनी प्रदेशमा केन्द्रमा जस्तै जसपा दुई समूहमा विभाजन भएको प्रष्ट छ ।

जसपाको केन्द्रमा देखिएको गुट विवादको सिकारमा लुम्बिनी प्रदेश पनि परेको छ । त्यो भन्दा पनि जसपाको ‘कमजोर एकता’ को प्रतिफल पार्टीका सबै संरचनामा चर्को विवाद उल्झिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक