सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

महोत्तरी, ५ असार । सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । 

रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उनका रेडियो सहकर्मी नरेन्द्र महतोले जानकारी दिए । 

सडक छेउमा थुपारिएको बालुवाको थुप्रो कटाउने क्रममा विपरति दिशाबाट आएको टिपरले ठक्कर दिँदा कुशवाहाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबार साँझ भएको सो घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएपछि स्थिति साम्य भएको छ  ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले आज शोक व्यक्त जारी गरी घटनाको अनुसन्धान गरेर बस्तीभित्र तीव्र गतिमा टिपर चलाउने चालकलाई हदैसम्मको सजाय र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021