नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदिपलाई ‘कोबायाशी पुरस्कार-२०२०’ प्रदान

ललितपुर, ५ असार । नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायाशी फाउण्डेशनले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई ‘छैठौं कोबायाशी फाउण्डेशन पुरस्कार—२०२०’प्रदान गरेको छ ।

५ लाख जापानी येन अर्थात करीव ५ लाख ३६ हजार नेपाली राशीसहितको ‘हेल्थकेयर प्रोफेसनल’तर्फको उक्त पुरस्कार डा.श्रेष्ठलाई शनिबार विहान जापानमा आयोजना भएको क्यान्सरसम्वन्धि भर्चुअल विशेष सम्मेलनमा प्रदान गरिएको हो । फाउण्डेशनले २०७६ फागुनमा सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

तर विश्वव्यापी महामारी कोरानाको कारण फाउण्डेशनको औपचारिक कार्यक्रम गतवर्ष स्थगित भएको थियो । केही महिनाअघिदेखि फेरि कोरानाकै कारण नेपाल र जापानमा लकडाउन भएकै कारण सो पुरस्कार डा.श्रेष्ठलाई शनिबार भएको फाउण्डेशनको भर्र्चुअल सम्मेलनमा प्रदान गरिएको हो । पुरस्कार वापतको राशी र प्रशंसापत्र यसै हप्ता नेपाल आउने जनाइएको छ । थाइल्याण्डका डा.अरुनी देचाफुनकुल र हङ्गकङ्गका प्रा.डा.टोनी मोकलाई पनि ‘छैठौं कोबायाशी फाउण्डेशन पुरस्कार—२०२०’ प्रदान गरिएको छ ।

भर्चुअल विशेष सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष डा.श्रेष्ठले कोरानोको कारण क्यान्सर भएका विरामीको उपचारमा केही कठिनाई भएतापनि अस्पतालले स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड अपनाएर चिकित्सक र स्वास्थ्यकर्मीको मनोवल उच्च राख्दै कोभिड भएका क्यान्सरका विरामीको सफल उपचार गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड