पालैपालो निर्वाचन आयोग पुगे तीन दलका नेताहरु

काठमाडौँ, ३ असार । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् ।

माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेका हुन् । माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १७,१८ जना एमालेमा प्रवेश गरेकाले उक्त जनप्रतिनिहरुलाई दल त्यागको सूचना जारी गर्न दवाव दिन माओवादीका नेताहरु आयोग पुगेका हुन् ।

एमाले र माओवादीका नेता आयोगबाट निस्केको केही बेरमा शुक्रबारै जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु