श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु

दाङ, ३ असार । दाङको घोराहीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । 

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीको बञ्चरो प्रहारबाट घाइते ४६ वर्षीया स्याना कुमारी चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो ।  

बुधबार बेलुका पौने ६ बजेतिर बञ्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते स्याना कुमारीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा बिहीबार दिउँसो १:४० बजे मृत्यु भएको हो । 

सामान्य घरायसी विवादका कारण श्रीमानले श्रीमतीलाई बञ्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021