जसपाका नेता पेस्तोलसहित पक्राउ

काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जसपाका जिल्ला सदस्य प्रशुराम चौधरीलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको हो ।

चौधरीले पत्नी श्याम कुमारी चौधरीको घरमा लुकाएर राखेको अवस्थामा सो पेस्तोल र ५ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।  छोरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ घर भएका २३ वर्षीय बबि चौधरी बिचमा प्रेम सम्बन्ध रहेको र प्रशुरामले छोरीको प्रेमीलाई फसाउन पेस्तोल ल्याएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

प्रशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया शुरु भएसँगै उनि माओवादी केन्द्रको जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत थिए । ०७७ माघबाट उनी जसपामा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021